TDC - बैठक नम्बर 1०/२०२१
बैठक नम्बर १०/२०२१
मिति : अक्टोबर १०, २०२१ आईतवार
Zoom Meeting
यस संस्थाका तदर्थ समितिका अध्यक्ष श्री सोम गुरुङको अध्यक्षता तथा संस्थापक/सल्लाहकारहरुज्यूको विशेष उपस्थितीमा संस्थाको मासिक नियमीत बैठक Online Zoom Platform मार्फत, मिति २०२१/१०/१० आईतवार सााझ सम्पन्न भई तपसील बमोजिमका प्रस्तावहरुमा छलफल गरी विभिन्न निर्णयहरु भएको व्यहोरा जानकारी गराईन्छ ।
बैठकमा छलफलका लागि पेश भएका प्रस्तावहरु,
१) संस्थाको रिक्त महासचिव पदका सम्बन्धमा ।
२) Sharing is Caring कार्यक्रम संचालन सम्बन्धमा ।
३) संस्थाको आगामी कार्यक्रमहरु सम्बन्धमा ।
प्रस्ताव # १ माथि, छलफल गर्दा देहाय बमोजिमको निर्णय भएको जानकारी गराईन्छ ।
- संस्थाको वर्तमान महासचिव श्री पुजन गुरुङ ज्यूले आफ्नो व्यक्तिगत व्यस्तताका कारण पदबाट दिएको राजिनामा बैठकबाट सर्वसम्मतले स्वीकृत भएको छ र कार्य समितिले रिक्त पदपूर्तिका लागि शिघ्र पहल गर्ने छ । बैठकमा उपस्थित सबैजनाले श्री पुजन गुरुङ ज्यूले संस्थाको लागि पुर्याउनु भएको योगदानको लागि धन्यवाद दिदैं आगामी यात्राको लागि शुभकामना पनि व्यक्त गर्नु भएको थियो ।
प्रस्ताव # २ माथि, छलफल गर्दा देहाय बमोजिमको निर्णय भएको जानकारी गराईन्छ ।
- संस्थाको नयाा कार्यक्रम Sharing is Caring को पहिलो अंक तपशील बमोजिम संचालन हुने निर्णय भएको छ ।
मिति : अक्टोबर २४, २०२१ आईतबार
समय : अपरान्ह ५–६ बजे सम्म
प्रस्तुतकर्ता : जमुना गुरुङ
प्रस्ताव # ३ माथि, छलफल गर्दा देहाय बमोजिमको निर्णय भएको जानकारी गराईन्छ ।
- आजको बैठकबाट यसबर्ष देउसे भैलो कार्यक्रम गर्ने निर्णय भएको छ , यस सम्बन्धी थप विस्तृत रुपमा पछि जानकारी गराउने निर्णय भएको छ ।
अन्तमा,
बैठकमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै बैठकको अध्यक्षता गरीरहनु भएका संस्थाका अध्यक्ष श्री सोम गुरुङ ज्यूबाट बैठक समापन भएको जानकारी गराउनु भएका थियो ।
बैठकमा सहभागि सदस्यहरुको नामावली
१. सोम गुरुङ
२. राज कुमार गुरुङ
३. यमुना घले
४. जमुना गुरुङ
५. दिपक गुरुङ (बर्लिङटन)
६. पुजन गुरुङ
७. बिर काजी गुरुङ
८. बिर बहादुर गुरुङ
९. अमित गुरुङ
१०. याम गुरुङ