TDC - बैठक नम्बर 11/२०२१
मिति : डिसेम्बर, १२, २०२१ आइतबार
Microsoft Team Meeting
यस संस्थाका तदर्थ समितिका अध्यक्ष श्री सोम गुरुङको अध्यक्षता तथा संस्थापक/सल्लाहकारहरुज्यूको विशेष उपस्थितीमा संस्थाको ल्होसार तयारी विशेष बैठक Online Microsoft Team Platform मार्फत, मिति २०२१/१२/१२ आइतबार सााझ सम्पन्न भई तपसील बमोजिमका प्रस्तावहरुमा छलफल गरी विभिन्न निर्णयहरु भएको व्यहोरा जानकारी गराईन्छ ।
बैठकमा छलफलका लागि पेश भएका प्रस्तावहरु,
१) ल्होसार पर्वको मिति, स्थान र समय सम्बन्धमा ।
२) ल्होसार प्रवेश शुल्क निर्धारण सम्बन्धमा ।
३) ल्होसार व्यवस्थापन टोली गठन ।
प्रस्ताव # १ माथि, छलफल गर्दा देहाय बमोजिमको निर्णय भएको जानकारी गराईन्छ ।
- यस वर्षको हाम्रो ल्होसार कार्यक्रम निम्न समय र स्थानमा मनाउने निर्णय भएको छ |
मिति: जनवरी ८, २०२२ शनिबार
समय: बेलुकी ५ बजेपछि
स्थान: Grand Taj Banquet
6915 Dixie Rd #20, Mississauga, ON L5T 2G2
प्रस्ताव # २ माथि, छलफल गर्दा देहाय बमोजिमको निर्णय भएको जानकारी गराईन्छ ।
- Adult - $35
Age (6-12) - $20
5 Years and under - Free (Not included in plate count)
International Student - $25
प्रस्ताव # ३ माथि, छलफल गर्दा देहाय बमोजिमको निर्णय भएको जानकारी गराईन्छ ।
- निमन्त्रणा कार्ड डिजाइन र भाइबर र फेसबुक मार्फत आमन्त्रित गर्ने - दिपक गुरुङ (बर्लिङ्गटन) र पूर्ण गुरुङ
ई-ट्रान्सफर इमेल आइडी उपलब्ध गराउने र डिसेम्बर 26 भित्र प्रवेश शुल्क पठाउन अनुरोध गर्ने - पूर्ण गुरुङ
ई-ट्रान्सफर मार्फत प्रवेश शुल्क लिँदै भाइबर मार्फत सहभागीहरूको जानकारी दिने - प्रभा गुरुङ र अमित गुरुङ (प्रस्तावित व्यक्तिहरू)
सांस्कृतिक कार्यक्रम संयोजक - यमुना घले गुरुङ
स्कारबोरोबाट खाना व्यवस्थापन ( सेल रोटि ) - पूर्ण गुरुङ र मनदीप गुरुङ
साउन्ड सिस्टम व्यवस्थापन - सोम गुरुङ र हरि गुरुङ
फोटोग्राफी - जमुना गुरुङ
भिडियोग्राफी - दिपक गुरुङ (बर्लिङ्गटन)
स्टेज व्यवस्थापन - सोम गुरुङ, याम गुरुङ र लोकमान गुरुङ
अन्तमा,
बैठकमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै बैठकको अध्यक्षता गरीरहनु भएका संस्थाका अध्यक्ष श्री सोम गुरुङ ज्यूबाट अर्को बैठक डिसेम्बर 27 सोमबार हुने जानकारी दिदै बैठक समापन भएको जानकारी गराउनु भएका थियो ।
बैठकमा सहभागि सदस्यहरुको नामावली
१. सोम गुरुङ
२. राज कुमार गुरुङ
३. यमुना घले
४. जमुना गुरुङ
५.नवराज गुरुङ
६.दिपक गुरुङ (बर्लिङटन)
७.दिपक गुरुङ
८ बिर काजी गुरुङ
९ पूर्ण गुरुङ
१०. वीरबहादुर गुरुङ