TDC - बैठक नम्बर 12/२०२१
मिति : डिसेम्बर १९, २०२१ आइतबार
Microsoft Team Meeting
यस संस्थाका तदर्थ समितिका अध्यक्ष श्री सोम गुरुङको अध्यक्षता तथा संस्थापक/सल्लाहकारहरुज्यूको विशेष उपस्थितीमा भर्चुअल ल्होसार विशेष बैठक Online Microsoft Team Platform मार्फत, मिति २०२१-१२-१९ आइतबार सााझ सम्पन्न भई तपसील बमोजिमका प्रस्तावहरुमा छलफल गरी विभिन्न निर्णयहरु भएको व्यहोरा जानकारी गराईन्छ ।
बैठकमा छलफलका लागि पेश भएका प्रस्तावहरु,
१) भर्चुअल ल्होसार मनाउने सम्बन्धमा ।
२) भर्चुअल ल्होसार कार्यक्रमको मिति र समयको सम्बन्धमा ।
३) भर्चुअल ल्होसार कार्यक्रमको ढाँचा र तयारी सम्बन्धमा ।
प्रस्ताव # १ माथि, छलफल गर्दा देहाय बमोजिमको निर्णय भएको जानकारी गराईन्छ ।
- प्रत्यक्ष रुपमा भेटघाट गरेर रमाइलो गरि ल्होसार मनाउने प्रचुर इच्छा र चाहाना हुदाहुदै पनि ओमिक्रोन भेरियन्टको बढ्दो प्रभाब, सामाजिक जमघटमा लगाएको प्रतिबन्ध र त्यो भन्दा पनि हामी आफुलाई र हाम्रो परिवार लाई सुरक्षित राख्नु नै अहिलेको लागि बुद्धिमानी हुने ठहर गर्दै यसपाली को ल्होसार भर्चुअल मनाउने निर्णय गरिएको छ | यस संस्थाका तदर्थ समितिका अध्यक्ष श्री सोम गुरुङ ज्यु ले पहिले गरिएको हल बुकिङ रद्द गरिसकिएको जानकारी गराउनु भयो |
प्रस्ताव # २ माथि, छलफल गर्दा देहाय बमोजिमको निर्णय भएको जानकारी गराईन्छ ।
- हाम्रो भर्चुअल ल्होसार कार्यक्रम निम्न मिति र समयमा हुने निर्णय भएको छ |
Virtual Lhosar Celebration
Date: Saturday 8th January 2022
Time: 6pm onwards
Link : We will share the program link prior to the Jan 8th
प्रस्ताव # ३ माथि, छलफल गर्दा देहाय बमोजिमको निर्णय भएको जानकारी गराईन्छ ।
- गत वर्षको भर्चुअल ल्होसार कार्यक्रमका सन्दर्भ र अनुभबहरु लाई विश्लेषण गर्दा धेरैनै प्राबिधिक कामहरु रहेको र यो सालको लागि हामीलाई तयारीको निमित्त चाहिने समय अभाब को कारणले यो वर्ष अनौपचारिक प्रकारको कार्यक्रम गर्ने निर्णय भएको छ |
कार्यसमिति ले कार्यक्रममा के कस्ता सामग्रीहरु राख्ने भन्ने सम्बन्धमा चाडैनै एउटा कार्यक्रमको ढाँचा (खाका) तयार पार्ने र अर्को बैठकमा संस्थापक/सल्लाहकारहरु समछ्य सल्लाह सुझाब र आबस्यक परिमार्जन को लागि कार्यक्रमको ढाँचा (खाका) प्रस्तुत गर्ने |
अन्तमा,
बैठकमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै बैठकको अध्यक्षता गरीरहनु भएका संस्थाका अध्यक्ष श्री सोम गुरुङ ज्यूबाट बैठक समापन भएको जानकारी गराउनु भएका थियो ।
बैठकमा सहभागि सदस्यहरुको नामावली
१. सोम गुरुङ
२. राज कुमार गुरुङ
३. यमुना घले
४. जमुना गुरुङ
५.नवराज गुरुङ
६.दिपक गुरुङ (बर्लिङटन)
७.पुजन गुरुङ
८. बिर काजी गुरुङ
९. डा. हरि गुरुङ
१०. वीरबहादुर गुरुङ
११. पूर्ण गुरुङ
१२. याम गुरुङ