TDC - बैठक नम्बर 01/२०२२
मिति : जनवरी ३०, आइतबार
Microsoft Team Meeting
यस संस्थाका तदर्थ समितिका अध्यक्ष श्री सोम गुरुङको अध्यक्षता तथा संस्थापक/सल्लाहकारज्यूहरुको विशेष उपस्थितीमा भर्चुअल ल्होसार २०२२ समीक्षा तथा मासिक बैठक Online Microsoft Team Platform मार्फत, मिति २०२२-०१-३० आइतबार साझ सम्पन्न भई तपसील बमोजिमका प्रस्तावहरुमा छलफल गरी विभिन्न निर्णयहरु भएको व्यहोरा जानकारी गराईन्छ ।
बैठकमा छलफलका लागि पेश भएका प्रस्तावहरु,
१) भर्चुअल ल्होसार २०२२ समीक्षा सम्बन्धमा ।
२) केयर सिंग गुरुङ - आर्थिक सहायता को सम्बन्धमा ।
प्रस्ताव # १ माथि, छलफल गर्दा देहाय बमोजिमको निर्णय भएको जानकारी गराईन्छ ।
- कार्यक्रम तयारीको निमित्त चाहिने आवस्यक समय अभाब को कारणले यो वर्षको भर्चुअल ल्होसार कार्यक्रम हामीले अनौपचारिक प्रकारको कार्यक्रम गर्ने निर्णय गरिएको थियो, यसको बाबजुद पनि कार्यक्रम जसरि सम्पन्न भयो समग्रमा त्यो एकदमै रमाइलो र सफलतापुर्बक सम्पन्न भएको समीक्षा बैठकले गरेको छ।
हामीले मनाउने ल्होसार कार्यक्रम वास्तविक ल्होसार मिति (पन्ध्र पौष) भन्दा अलि ढिलो गरि मनाउदै आएको हुदा आउने बर्षहरुमा वास्तविक ल्होसार मितिमै वा तेही दिनको नजिकै मनाउने सम्भावना को बारेमा अर्को वर्षको पुर्बतयारी बैठकमा महत्वका साथ् छलफल गर्ने ।
प्रस्ताव # २ माथि, छलफल गर्दा देहाय बमोजिमको निर्णय भएको जानकारी गराईन्छ ।
- लण्डन ओन्टारियो निबासी बैनी मञ्जु गुरुङ को बुबा श्री केयर सिङ गुरुङ ज्यु हाल क्व्होला सोथार गाउपालिका (लमजुङ, नेपाल) निवासी हुनुहुन्छ, उहा साहित्यकार र गण्डकी प्रज्ञा प्रतिष्ठानको प्राज्ञ पनि हुनुहुन्छ । - उहा लामो समय देखि नेपाली साहित्यको बिकाश र उत्थान मा कलम चलाइरहनु भएको छ। उहाले आगामी नेपाली नया वर्ष २०७९ बैशाख मा ३०० पृष्ठ लामो कविता संग्रह प्रकाशन गर्नको लागि आर्थिक सहयोग को अनुरोध गर्दै तमु धीं क्यानाडा को नाममा पठाउनु भएको पत्र इमेल मार्फत प्राप्त भएको थियो।
तेही पत्रको बिषयमा छलफल गर्दा हाम्रो समुदाय बाट कोहि व्यक्ति जसको कार्यले हाम्रो समुदायको नै नाम उच्च बनाउने जस्तो पबित्र उदेश्य भएको कारणले सस्था बाट सहयोग गर्नुपर्छ र उहाको साहित्यिक यात्रामा सानो सहयोग गर्न पाउनु तमु धीं क्यानाडा ले पाएको सुवर्ण अवसर पनि हो भन्ने निचोड सहित निम्न रकम उहालाई सहयोग गर्ने निर्णय गरिएको छ।
सस्था को तर्फ़ बाट : ४०० क्यानेडियन डलर
व्यक्तिगत तर्फ़ बाट : व्यक्तिगत रुपमा सहयोग गर्न चाहनेहरुको लागि पनि तमु धीं क्यानाडा ले छिट्टै नै भाइबर ग्रुपमा उहाको निमित्त रकम संकलन गर्ने र उठेको रकम सस्थाकै सहयोग रकम (४०० डलर ) मा जोडेर एकमुष्ट सहयोग प्रदान गर्ने ।
अन्तमा,
बैठकमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै बैठकको अध्यक्षता गरीरहनु भएका संस्थाका अध्यक्ष श्री सोम गुरुङ ज्यूबाट बैठक समापन भएको जानकारी गराउनु भएका थियो ।
बैठकमा सहभागि सदस्यहरुको नामावली:
१. सोम गुरुङ
२. यमुना घले गुरुङ
३. दिपक गुरुङ (बर्लिङटन)
४. जमुना गुरुङ
५.नवराज गुरुङ
६.वीरबहादुर गुरुङ
७.मन्दिप गुरुङ
८. बिर काजी गुरुङ
९. डा. हरि गुरुङ
१०. पूर्ण गुरुङ