TDC - बैठक नम्बर 02/२०२२

  • Administrator / March 06, 2022

मिति : मार्च ६, २०२२, आइतबार
Microsoft Team Meeting

यस संस्थाका तदर्थ समितिका अध्यक्ष श्री सोम गुरुङको अध्यक्षता तथा संस्थापक/सल्लाहकारज्यूहरुको विशेष उपस्थितीमा नियमित मासिक बैठक Online Microsoft Team Platform मार्फत, मिति २०२२-०३-०६ आइतबार साझ सम्पन्न भई तपसील बमोजिमका प्रस्तावहरुमा छलफल गरी विभिन्न निर्णयहरु भएको व्यहोरा जानकारी गराईन्छ ।

बैठकमा छलफलका लागि पेश भएका प्रस्तावहरु,

१) कोषाध्यक्ष जिम्मेवारीको समायोजन सम्बन्धमा ।
२) तमु धीं क्यानाडाको सदस्यता (membership)को सम्बन्धमा ।

प्रस्ताव # १ माथि, छलफल गर्दा देहाय बमोजिमको निर्णय भएको जानकारी गराईन्छ ।

  • सस्थाको महत्त्वपूर्ण र चुनौतिपूर्ण जिम्मेवारी कोषाध्यक्ष (कोष व्यवस्थापन) सम्बन्धी भएको छलफलमा वर्तमान कोषाध्यक्ष प्रभा गुरुङ ज्युले गर्दै आउनु भएको कामको प्रशंशा गर्दै उहाको काममा केहि सहज होस् र कार्यसमितिले गरेका विभिन्न निर्णय हरु कार्यान्वयनमा पनि सरलता आवोस भन्ने हेतुले
    विभिन्न कारणबश उहा कार्यसमितिको बैठकहरुमा उपस्थित हुन नसकेको अबस्थाहरुमा उहाको प्रतिनिधित्व गरिदिनको लागि संस्थापक सल्लाहकार राजकुमार गुरुङ ज्यु लाइ अनुरोध गरिएको थियो र त्यो अनुरोधलाई उहाले स्वीकार गर्नुभएको छ।


प्रस्ताव # २ माथि, छलफल गर्दा देहाय बमोजिमको निर्णय भएको जानकारी गराईन्छ ।
  • क्यानाडामा नया आउनु भएका तमु परिवार तथा पहिले विभिन्न कारणले सदस्यता लिनु छुट्नु भएको तमु परिवार लाइ लक्षित गर्दै उहाहरुलाई सस्थामा आबद्द गराउने प्रमुख उदेश्यको साथ भाइबर तथा फेशबुक मार्फत सदस्यता लिनको निमित्त अनुरोध गर्ने,
    आजीवन सदस्यता को लागि पहिले देखिनै लिइरहेको शुल्क $१०० रहेको छ भने अस्थायी सदस्यता लिन चाहने हरुको लागि ध्यानमा राख्दै साधारण सदस्यताको पनि विकल्प थपिएको छ,
    साधारण सदस्यताको शुल्क $२० तोकिएको छ भने यो दुई वर्षको लागि मान्य हुनेछ।


अन्तमा,
बैठकमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै बैठकको अध्यक्षता गरीरहनु भएका संस्थाका अध्यक्ष श्री सोम गुरुङ ज्यूबाट बैठक समापन भएको जानकारी गराउनु भएका थियो ।


बैठकमा सहभागि सदस्यहरुको नामावली:
१. सोम गुरुङ
२. डा. हरि गुरुङ
३. दिपक गुरुङ (बर्लिङटन)
४. जमुना गुरुङ
५.बिरकाजी गुरुङ
६.वीरबहादुर गुरुङ
७.राजकुमार गुरुङ
८. याम गुरुङ
९. पूर्ण गुरुङ