TDC - बैठक नम्बर 03/२०२२

  • Administrator / April 03, 2022

मिति : अप्रिल ३, २०२२ आइतबार
Microsoft Team Meeting

यस संस्थाका तदर्थ समितिका अध्यक्ष श्री सोम गुरुङको अध्यक्षता तथा संस्थापक/सल्लाहकारज्यूहरुको विशेष उपस्थितीमा नियमित मासिक बैठक Online Microsoft Team Platform मार्फत, मिति २०२२-०४-०३ आइतबार सााझ सम्पन्न भई तपसील बमोजिमका प्रस्तावहरुमा छलफल गरी विभिन्न निर्णयहरु भएको व्यहोरा जानकारी गराईन्छ ।

बैठकमा छलफलका लागि पेश भएका प्रस्तावहरु,

१) समर पिकनिक (Summer Picnic) सम्बन्धमा ।
२) पिकनिक बिशेष कार्यदल को गठन सम्बन्धमा ।

प्रस्ताव # १ माथि, छलफल गर्दा देहाय बमोजिमको निर्णय भएको जानकारी गराईन्छ ।

  • सस्थांले सम्भब भए सम्म हरेक वर्ष समर पिकनिकको आयोजना गर्दै आइरहेको छ। बिगतको केहि बर्षहरु प्रान्तीय सरकारले लागू गरेको सामाजिक जमघट प्रतिबन्धका कारण पिकनिक आयोजना गर्न सकेनौ तर कोभिड को प्रतिबन्धहरु अहिले केहि खुकुलो हुदै गैरहेको हुदा यसपालि भने समर पिकनिक को आयोजना गर्ने निर्णय गरेको जानकारी गराउँछौं। पिकनिक को मिति तथा स्थान को बारेमा निम्न सुझाब तथा प्रस्ताब हरु आएको तर अन्तिम निर्णय हुन बाकि नै रहेको छ !

    प्रस्तावित पिकनिक मिति र स्थान (to be confirmed)
    पिकनिक मिति: जुलाई १६,२०२२ शनिबार
    पिकनिक स्थान: Paul Coffey Park, Picnic Area"A" 3430 Derry Road East, Mississauga, ON. L4T1A9


प्रस्ताव # २ माथि, छलफल गर्दा देहाय बमोजिमको निर्णय भएको जानकारी गराईन्छ ।
  • समर पिकनिक कार्यक्रमलाइ ब्यबस्थित तरिकाले सम्पन्न गराउनको लागि पिकनिक बिशेष कार्यदल को गठन गर्ने निर्णय भएको छ। यो कार्यदल ले कार्यक्रममा के-कस्ता मनोरन्जनात्मक तथा सहभागिमुलक सामाग्रीहरु समाबेश गर्ने भन्ने बिषयमा कार्यक्रम तालिका (program schedule) बनाउने, कार्यक्रम को सुरु देखि अन्तसम्म समाबेश भएको विभिन्न गतिविधिहरु((BBQ,खाना ब्यबस्थापन,बालबालिका लागि कार्यक्रम, Bingo तथा अन्य)को लागि समन्वोयाकर्ता तोक्ने र आवश्यक तयारि गर्ने छ।

    पिकनिकको लागि लाग्ने खर्च हरुको बारेमा भएका केहि निर्णयहरु:
    Picnic spot बूकिंग फि + BBQ को लागि लाग्ने खर्च संस्था को तर्फ बाट ब्यहोरिने र Prize वितरण को लागि चाहि प्रायोजक खोज्ने निर्णय भएको छ।
    कार्यक्रमको लागि कुनै प्रवेश शुल्क नलिने तर स्वेच्छाले सस्थालाई सहयोग गर्न चाहने हरुको लागि डोनेसन (चन्दा )बाकस राखिने छ।

    पिकनिक बिशेष कार्यदलमा प्रस्तावित नामहरु (Looking for more volunteers)
    सोम गुरुङ,प्रभा गुरुङ, यमुना घले गुरुङ,राजकुमार गुरुङ,पूर्ण गुरुङ, मन्दिप गुरुङ, समीर गुरुङ, पुजन गुरुङ,बिष्णु गुरुङ,दीपक गुरुङ


अन्तमा,
बैठकमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै बैठकको अध्यक्षता गरीरहनु भएका संस्थाका अध्यक्ष श्री सोम गुरुङ ज्यूबाट बैठक समापन भएको जानकारी गराउनु भएका थियो ।


बैठकमा सहभागि सदस्यहरुको नामावली:
१. सोम गुरुङ
२. डा. हरि गुरुङ
३. दिपक गुरुङ (बर्लिङटन)
४. जमुना गुरुङ
५. बिरकाजी गुरुङ
६. वीरबहादुर गुरुङ
७. राजकुमार गुरुङ
८. प्रभा गुरुङ
९. यमुना घले गुरुङ
10.पूर्ण गुरुङ