TDC - बैठक नम्बर 04/२०२२

  • Administrator / July 18, 2022

मिति : जुलाई २५, सोमबार
Microsoft Team Meeting

यस संस्थाका तदर्थ समितिका अध्यक्ष श्री सोम गुरुङको अध्यक्षता तथा संस्थापक/सल्लाहकारज्यूहरुको विशेष उपस्थितीमा समर पिकनिक २०२२ को समीक्षा तथा NJAC को आयोजनामा हुन गैरहेको “आदिवासी दिवस”कार्यक्रममा तमु धी क्यानाडाको सहभागिता सम्बन्धि बैठक Online Microsoft Team Platform मार्फत मिति २०२२-०७-२५ सोमबार साझ सम्पन्न भई तपसील बमोजिमका प्रस्तावहरुमा छलफल गरी विभिन्न निर्णयहरु भएको व्यहोरा जानकारी गराईन्छ ।

बैठकमा छलफलका लागि पेश भएका प्रस्तावहरु,

१) समर पिकनिकको समीक्षा सम्बन्धमा ।
२) “आदिवासी दिवस” कार्यक्रममा तमु धी क्यानाडाको सहभागिता सम्बन्धमा ।

प्रस्ताव # १ माथि, छलफल गर्दा देहाय बमोजिमको निर्णय भएको जानकारी गराईन्छ ।

  • कोरोना महामारीको कारणले दुइ बर्षको अन्तराल पछि भएको हाम्रो समर पिकनिक कार्यक्रम समग्रमा सफलताको साथमा सम्पन्न भएको समीक्षा बैठकले गरेको छ। यस पटकको कार्यक्रममा भर्खर नेपालबाट आउनुभएका धेरै बिद्यार्थी भाइ बहिनीहरुको उत्साहजनक उपस्थिति यस कार्यक्रमको सबल पक्ष मानिएको छ। कार्यक्रम सफलताको साथमा सम्पन्न हुदाहुदै पनि त्यहा सुधारको लागि प्रसश्त ठाउँहरू थिए जुन कुरालाई हामीले अर्को बर्षको पिकनिक पुर्बतयारी बैठकमा महत्वका साथ छलफल गर्नु आवस्यकता को मनन गरेका छौं।

    सुधारको लागि आएका केहि प्रतिक्रियाहरु:
    • No Alcohol - सार्बजनिक स्थानमा मादक पदार्थ सेवनले नियम कानुनको उल्लङ्घन, आपसमा असमझदारी, झै-झगडा वा कुनै दुर्घटना जस्ता नराम्रो परिणाम निम्त्याउने डर मात्रै हैन कार्यक्रममा उपस्थित साना बाल-बालिकाहरुको अगाडी नकारात्मक संदेश पनि जान सक्ने भएको कारणले आगामी पिकनिक कार्यक्रममा मादक पदार्थ ल्याउन पूर्ण रुपमा निषेध गर्ने निर्णय गरिएको छ।
    • कार्यक्रम सकेपछि सबै जनालाई उत्सुकता हुन्छ कार्यक्रम को फोटो हरु हेर्ने, आफन्त साथीभाई हरुलाई शेअर गर्ने अथवा सस्थाको लागि ऐतिहासिक क्षणहरू कैद गर्ने अवसर पनि हो यसैले हाम्रो अर्को पिकनिकमा कार्यक्रमको विभिन्न गतिबिधिहरुको फोटो खिच्न को लागि एकजना डेडिकेटेड क्यामरामेन (स्वयंसेवक) राख्ने ब्यबस्था गर्ने।
    • Accountability & Traceability को लागि साउण्ड सिस्टम, ब्यानर, टेन्ट, भलिबल नेट, पोल जस्ता विभिन्न सामानहरुको Inventory list बनाउने र कार्यसमितिको सदस्यहरु बीच सामानको बाडफाड र राख्ने जिम्मा दिने।
    • भविष्यको कार्यक्रम अनुमान र तयारीको लागि डाटा र तथ्याङ्कहरू धेरै महत्त्वपूर्ण हुन्छन यसैले कार्यक्रममा कतिजना तमु परिवार वा सदस्यहरु उपस्थित भए भन्ने रेकर्ड राख्नको लागि आगामी कार्यक्रमहरुमा Attendance Sign-In Sheet राख्ने ब्यबस्था गर्ने।
    • कुनै पनि कार्यक्रम सफल बनाउन को लागि एक दुइ जनाको मात्रै प्रयासले सम्भव हुदैन येसैले धेरै भन्दा धेरै स्वयंसेवकहरू राख्ने जस्ता सुझाब तथा प्रतिक्रियाहरु को बारेमा छलफल भएको थियो।


प्रस्ताव # २ माथि, छलफल गर्दा देहाय बमोजिमको निर्णय भएको जानकारी गराईन्छ ।
  • Nepalese Janajati Association of Canada (NJAC) को आयोजनामा August 7, Sunday को दिन हुने “ विश्व आदिवासी जनजातिहरुको अन्तर्राष्ट्रिय दिवस” कार्यक्रममा हामी कसरि सहभागिता जनाउने भन्ने बिषयमा पनि छोटो छलफल भएको थियो। तमु धीं क्यानाडाले पहिले देखिनै यस कार्यक्रममा सक्रिय सहभागिता जनाउदै आइरहेको छ यसैले र येसैको निरन्तरताको लागि यसपालीको कार्यक्रममा पनि पहिले झैँ तमु परिवार वा सदस्य हरु आफ्नो जातिय पहिरन (Gurung Dress) मा उपस्थित भएर झाकी देखाउने, गुरुङ जातिले प्रयोग गर्ने भाडाकुडा, सरसामान, गाजा-बाजा तथा गरगहना हरुको प्रदर्शन गर्ने, गुरुङ भाषाको गीत वा नृत्य प्रस्तुति गर्ने र Potluck को लागि सेलरोटी लैजाने निर्णय भएको थियो।


अन्तमा,
बैठकमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै बैठकको अध्यक्षता गरीरहनु भएका संस्थाका अध्यक्ष श्री सोम गुरुङ ज्यूबाट बैठक समापन भएको जानकारी गराउनु भएका थियो ।

बैठकमा सहभागि सदस्यहरुको नामावली:
1.सोम गुरुङ
2.यमुना घले गुरुङ
3.डा. हरि गुरुङ
4.सुभद्रा गुरुङ
5.जमुना गुरुङ
6.नवराज गुरुङ
7.वीरबहादुर गुरुङ
8.बिर काजी गुरुङ
9.राजकुमार गुरुङ
10.प्रभा गुरुङ
11.पूर्ण गुरुङ