TDC - बैठक नम्बर 06/२०२२

  • Administrator / January 21, 2023

तदर्थ समितिका अध्यक्ष श्री सोम गुरुङको अध्यक्षता तथा संस्थापक/सल्लाहकारज्यूहरु लगायत तमु सदस्य/शुभचिन्तकहरु को विशेष उपस्थितीमा हामीले भर्खरै सम्पन्न गरेको "तमु ल्होसार" कार्यक्रमको समीक्षा बैठक ब्राम्पटन स्थित आदरणीय डा. हरि गुरुङ र शुभद्रा गुरुङको निवासमा मिति २१ जनवरी २०२३, शनिबार सम्पन्न भई तपसील बमोजिमका प्रस्तावहरुमा छलफल गरी विभिन्न निर्णयहरु भएको व्यहोरा जानकारी गराईन्छ ।

बैठकमा छलफलका लागि पेश भएका प्रस्तावहरु,

१) खर्च विवरण (Finance Update) सम्बन्धमा ।
२) कार्यक्रमको सबल-पक्षहरु तथा सुधारको केहि क्षेत्रहरुको सम्बन्धमा ।
३) वार्षिक साधारण सभा (AGM) गर्ने सम्बन्धमा ।
४) समर पिकनिकको सम्बन्धमा ।

प्रस्ताव # १

  • सस्थाको कोषाध्यक्ष प्रभा गुरुङ ज्यु बाट ल्होसार कार्यक्रममा विभिन्न श्रोतहरु बाट प्राप्त रकमहरु तथा खर्चहरुको विवरण प्रस्तुत गर्नु भएको थियो जसको सारांश तल प्रस्तुत गरिएको छ।
    जम्मा खर्चहरु (Total Expenses) = $16,105.71
    जम्मा संकलन (Total Collection) = $13,225.00
    नपुग रकम $2,880.71 संस्थाको कोष बाट मिलान गरिएको छ।

प्रस्ताव # २,
  • समग्रमा कार्यक्रम धेरै सफल र उत्कृष्ट रहेको विश्लेषण बैठकले गरेको छ। विशेषगरी युवाहरुको सक्रिय सहभागिता, झाकी प्रदर्शन धेरैनै आकर्षक रहयो र यसलाई अर्को वर्ष अरु तयारीको साथ् प्रस्तुत गर्नु पर्नेमा सबैको एकमत रहयो। सांस्कृतिक पक्ष भनेको कार्यक्रमको मुटु जस्तै हो अनि निक्कै चुनौतीपूर्ण काम तर पनि धेरै मेहनत, लगाब र समन्वयले आकर्षक ढंगले प्रस्तुति गर्दै कार्यक्रम सफल बनाउनको लागि ठुलो भूमिका निभाउने हाम्रो सस्थाको सचिब तथा सांस्कृतिक संयोजक यमुना घले ज्युलाई खादा ओढाएर सम्मान गरिएको थियो।
    हामीले कार्यक्रम सफल भयो भनेर खुसि मनाउदै गर्दा अर्को कार्यक्रमको लागि थप जिम्मेवारी बढेको कुरालाई पनि मनन गरेका छौं। तेही बढेको अपेक्षालाइ ध्यानमा राख्दै केहि सुधार गर्नु पर्ने कुराहरु (Areas of Improvement) को बारेमा पनि छलफल भएको थियो जसमा निम्न बिषय हरु रहेका छन्।
    युवाहरुको सक्रिय सहभागिता र निरन्तरताको लागि Youth Wings of TDC or Coordinator को परिकल्पना - परिचालन गर्ने।
    स्वयंसेवकहरूलाइ आफ्नो दिएको जिम्मेवारीमा पूर्ण प्रतिबद्धताको लागि अनुरोध गर्ने ।
    टिकट बूकिंगलाइ सहज बनाउनको लागि Online Ticketing को व्यवस्था वा सम्भावनाको बारेमा सोच्ने ।
    फोटो/भिडियोग्राफी को लागि हाम्रै तमु परिवार भित्रका Professional हरुलाई पहिलो प्राथमिकता दिने ।
    नेपाली भासी DJ को व्यवस्था गर्ने
    गेटमा टिकट चेकमा बस्ने स्वयंसेवक हरुलाई आलो-पालो (Rotation) गर्ने ।
    Guest Welcoming Team बनाएर हरेक टेबल-टेबलमा गएर स्वागत गर्ने।
    बाल-बच्चा हरुका लागि Kids Meal जस्तै (French Fries/Nuggets) जस्ता खानाहरुको को व्यबस्था गर्ने ।
    अवस्था हेरी धेरै पाहुना क्षमता भएका BANQUET हलको बारेमा सोच्ने ।
    Tech Team बनाएर तमु धीं क्यानाडाको website, Youtube, Facebook जस्ता सामाजिक संजालहरुको अधिकतम उपयोग गर्ने ।
    यी आदि जस्ता बिषयहरुमा बिशेष ध्यान दिनुपर्नेमा सुझाबहरु आएको थियो।

प्रस्ताव # ३,
  • तमु धीं क्यानाडा (सस्था) को आर्थिक, सामाजिक तथा अन्य विभिन्न गतिबिधीहरुलाई पारदर्शी बनाइ सम्पूर्ण तमु सदस्यहरुलाई यसको जानकारी गराउने उद्देश्ले तमु धीं क्यानाडाको वार्षिक साधारण सभा (AGM) गर्ने कार्यक्रम रहेको छ। तदर्थ समितिमा सम्भावित नया कोषाध्यक्ष को चयन तथा ल्होसार कार्यक्रममा प्रस्तुति गर्नुहुने कलाकारहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहनेछ। यो वार्षिक साधारण सभा (AGM) को मिति भने अहिले निश्चित भैसकेको छैन, सम्भवत March Break तिर गर्ने भन्ने निर्णय भएको छ।

प्रस्ताव # ४,
  • धेरै बिद्यार्थी भाइ बहिनीहरु स्कारबोरोमा बसोबास गर्नेहुदा उहाहरुको सहजतालाई मध्यनजर राख्दै यसपालिको समर पिकनिक सकेसम्म स्कारबोरोमा गर्ने र यसका लागि चाडै लोकेसन छनौट, पिकनिक स्पट बूकिंग गर्ने र चाडै पिकिनिक मिति उपलब्ध गराउने।

अन्तमा, यो बैठक को लागि आफ्नो सुन्दर घरमा ठाउ प्रदान गरिदिनुभएकोमा फेरी पनि डा. हरि गुरुङ र शुभद्रा गुरुङ धेरै आभार ब्यक्त गर्दछौं।

बैठकमा सहभागि सदस्यहरुको नामावली

1. प्रभा गुरुङ
2. राजकुमार गुरुङ
3. पंच गुरुङ
4. मिना गुरुङ
5. सुभद्रा गुरुङ
6. बिर बहादुर गुरुङ
7. यमुना घले
8. डा हरि गुरुङ
9. बिर काजी गुरुङ
10. जमुना गुरुङ
11. सोभा गुरुङ
12. हिमा गुरुङ
13. आदि याक्थुम्बा
14. दीपक गुरुङ
15. मनिष गुरुङ
16. अमृता गुरुङ
17. चन्द्रा गुरुङ
18. नबराज गुरुङ
19. मन्दिप गुरुङ
20. पुजन गुरुङ
21. यम गुरुङ
22. सोम गुरुङ
23. पूर्ण गुरुङ