हार्दिक धन्यवाद र मिठो सम्झना ! - बिर ब. तमु

  • Administrator / January 09, 2024

हार्दिक धन्यवाद र मिठो सम्झना !

अस्ति , झन् अस्ति गन्ने गर्थ्यौ , आ - आफ्नो औला भाँचेर ,
भन्दै थियौ लौ न हो, हाम्रो ल्होसार कहिले हो भनेर ?

हिजो, अनि हिजो, आयोनि त हाम्रो तमु ल्होसार,
असिम खुसि र उत्साहको, बेलगाम गड- गाडाहाट बोकेर।

आज दिन बित्दैछ, मिठो सझानको फ़ुलै- फुल बनेको छ यो ,
हाम्रा दिल- दिलको गमलामा, ढकमक्क सजिएको छ यो ।
………………xxx…………..

प्रिय तमु, तमुस्यो !
छ्याजलो !🙏
तमु ल्होसारबै आशिमाला👏💐🤞 ☸️

शुरुवात पनि खै काहाँबाट र कसरि गरुँ ?
अथाहा खुसीको बेजोड उन्माद ले लट्ठीएको छ यतिबेला। मनभरि छचल्किएको खुसीहरू काहाँ मात्रै बाडीहाल्ने र कति मात्रै पोखिहाल्ने भन्ने आत्तुरता र दोदाहारेपन सम्भबत सबैलाई हुने गर्ने भावनात्मक पक्ष जस्तै मलाई पनि भएको हो भन्ने ठान्दछु।
तमु ल्होसार -२०८०, मिसिसागामा सम्पन्न हिजो को दमदार कार्यक्रम को सफलताको आकासिदो उचाई के मापन गर्न सकिने सम्भावना थियो र ? एकै छिन फर्कौ त हिजोको त्यो नाथामिदो उत्साहप्रद माहोल••। त्यहाँ हर्ष र उल्लास को भेल - बाडी अविरल बगीरह्यो रोक्नै नसकिने गरेर •••।

हाम्रा निम्ति नौलो प्रयोग ठानिएको “एलसिडी डिस्प्ले “ ले थपिदिएको आकर्षणमा संचालित कार्यक्रमहरु एक से एक धमकादार थिए :
१) औपचारिक समारोहका दामी उदघोषणमा प्रदर्शित इभेन्ट्स मा सहभागी वाल - कलाकार देखि प्रौढ कलाकार सम्मको उच्च प्रदर्शन अनि माहा-सचिवको दमदार विचार सहितको स्वागत मन्तब्यले हल जुरुक्कै उचालिएको थियो।

२) अब साँस्कृतिक इवेंट्स को दोस्रो खण्डको कार्यक्रम
जोसिलो र आकर्षक उदघोषक भाई र बैनीको उदघोषण का साथ संचालित सबै प्रस्तुतिहरुमा पेशेवर उत्क्रिस्त कलाकार जस्तै देखिने कुशल कलाको प्रदर्शन ले सबैलाई मन्त्र - मुग्ध बनायो।

३) संगीतकारहरु को मोहनीदार संगीत को लट्ठ पार्ने लयबद्द ताल र शुरहरुले सबैलाई मोहनी मा डुबाउने कलाका धनि संगीत
कर्मीहरुका उच्च कलाको प्रदर्शनद्वारा सहभागी हामी सबै रोमान्चित भएका थियौ।

अन्तत: बहु - प्रतिक्षित यो कार्यक्रम सफलता पुर्बक सम्पन्न गर्नु हुने तपाई सम्पूर्ण सहभागी तमु - तमुस्यों, निरन्तर सेवामा तल्लिन स्वयंसेबकहरु र समर्पित एवं कुशल ब्यबस्थापकहरुको एउटा सशक्त र उर्जाशील नेतृत्व र समिति प्रति कृत - कृत हुदै हार्दिक बधाई ज्ञापनकासाथ मुरी-मुरी धन्यवादको कोसेली यहाहरुको बिचमा टक्र्याउनु चहान्छु !

यो भेटमा मस्तिसंग नाचियो;
अलि - अलि आघुंलाई सचियो।
हासियो नाचियो जसरि;
अर्को भेटमा नाच्ने हो त्यसरी।।

जय तमु !

विनित ,

बिर ब. तमु
Brampton,ON

Visual Media