TDC - बैठक नम्बर 01/२०२४

  • Administrator / February 04, 2024

तदर्थ समितिका अध्यक्ष श्री सोम गुरुङको अध्यक्षता तथा संस्थापक/सल्लाहकारज्यूहरु लगायत तमु सदस्य/शुभचिन्तकहरु को विशेष उपस्थितीमा हामीले भर्खरै सम्पन्न गरेको "तमु ल्होसार २०२४" कार्यक्रमको समीक्षा बैठक मिसिसागा स्थित Everest Taekwondo मा मिति ०४ फेब्रुअरी २०२४, आइतबार सम्पन्न भई तपसील बमोजिमका प्रस्तावहरुमा छलफल गरी विभिन्न निर्णयहरु भएको व्यहोरा जानकारी गराईन्छ ।

बैठकको सुरुवात ल्होसार २०२४ का केहि भिडियो झलकहरु बाट शुरु भएको थियो र तत्पश्चात तमु धीं क्यानाडाको Official youtube Channel ( https://www.youtube.com/@tdc_official ) को उद्घाटन पनि गरिएको थियो।

बैठकमा छलफलका लागि पेश भएका प्रस्तावहरु,

1. धन्यवाद तथा खादा सम्मान !!!
2. तमु ल्होसार २०२४ को Financial & General Review
3. समर पिकनिक मिति र स्थान को छनौट (Date & Spot Finalization):
4. तमु धीं क्यानाडा सस्थाको महासचिब (General Secretary) पूर्ण गुरुङ द्वारा महासचिबको जिम्मेवारी बाट अलग भएको औपचारिक निर्णय को जानकारी

प्रस्ताव # 1: धन्यवाद तथा खादा सम्मान !!!

  • तमु धीं क्यानाडा तदर्थ समितिका अध्यक्ष आदरणीय सोम गुरुङ र संस्थाका सल्लाहकार तथा आदरणीय अभिभावक बीर बहादुर गुरुङ ज्यु बाट हामीले भर्खरै सम्पन्न गरेको तमु ल्होसार २०२४ कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्नको लागि ठुलो योगदान पुर्‍याउनुहुने सबैलाई एकमुस्टमा धन्यवाद ज्ञापन गरिएको थियो।
    साथै, सस्थाका संस्थापक सल्लाहकारज्युहरु नबराज गुरुङ र राजकुमार गुरुङ ज्यु द्वारा उपस्थित केहि कलाकार, उदघोसक लगायत स्वयंसेवकहरु लाइ खादा ओढाएर सम्मान गरिएको थियो।

प्रस्ताव # 2: तमु ल्होसार २०२४ को Financial & General Review
  • सस्थाको सल्लाहकार आदरणीय बीरकाजी गुरुङ बाट ल्होसार कार्यक्रममा विभिन्न श्रोतहरु बाट प्राप्त रकमहरु तथा खर्चहरुको विवरण प्रस्तुत गर्नु भएको थियो जसको सारांश तल प्रस्तुत गरिएको छ।
    जम्मा संकलन (Total Collection) = $22,485
    जम्मा खर्चहरु (Total Expenses) = $17,468.71
    (अर्को बर्षको ल्होसार लागि हल अग्रिम बूकिंग बापत तिरेको $5०० पनि खर्चमा जोडिएको छ।)
    उप्रेको रकम ( $5,017) चाडैनै तमु धीं क्यानाडाको कोषमा जम्मा गरिने बीरकाजी गुरुङज्युबाट सबैलाई जानकारी

    समग्रमा कार्यक्रम धेरै सफल र उत्कृष्ट रहेको विश्लेषण बैठकले गरेको छ। विशेषगरी युवाहरुको सक्रिय सहभागिता, कार्यक्रमको स्थान, सजावट, LED ब्यानर, सास्कृतिक प्रस्तुतिहरु, नेपाली स्वादको खाना, ब्यबस्थापन सबै उत्क्रिस्ट रहेको कुरामा सबैको एकमत रहयो।
    हामीले कार्यक्रम सफल भयो भनेर खुसि मनाउदै गर्दा अर्को कार्यक्रमको लागि थप जिम्मेवारी बढेको कुरालाई पनि मनन गरेका छौं। तेही बढेको अपेक्षालाइ ध्यानमा राख्दै केहि सुधार गर्नु पर्ने कुराहरु (Areas of Improvement) को बारेमा पनि छलफल भएको थियो जसमा निम्न बिषय हरु रहेका छन्।

    • कार्यक्रमलाई अझै चुस्त बनाउन ठिक समयमै कार्यक्रम सुरु गर्नको लागि पूर्व तयारी हुनुपर्ने,
    • स्टेजमा प्रस्तुति दिने जो कोहिले अनिबार्यरुपमा गुरुङ ड्रेस लगाउनु पर्ने
    • Vegeterian Food Item हरुको लागि पनि खानाको व्यवस्था गर्ने
    • यदि समुदायमा हामीले कसैलाई गुमाएका छौं भने श्रदान्जलीका लागि कार्यक्रममा स्थान दिने
    • स्पोंसोर तथा पानसमा बत्ति बालेर कार्यक्रम सुरुवात गर्नुहुनेलाई खादा लगाइदियर सम्मान गर्ने
    • सकेसम्म १५ ओटा जति मात्रै प्रस्तुति हरु राख्ने, जसले गर्दा कार्यक्रम चुस्त देखिन्छ
    • समय ब्यबस्थापन (Time management) लाई ध्यान दिदै एउटै Instrument/Audio setup मा Live Singing जस्ता प्रस्तुतिहरु लाइ संगै राख्ने ब्यबस्था गर्ने
    • सम्भव भएसम्म कार्यक्रममा Act or Standing Comedy जस्ता प्रस्तुति हरु राख्ने
    • Floor Dance मा गुरुङ गीत हरु पनि बजाउने

    यी आदि जस्ता बिषयहरुमा बिशेष ध्यान दिनुपर्नेमा सुझाबहरु आएको थियो।

प्रस्ताव # ३, समर पिकनिक मिति र स्थान को छनौट
  • अन्तिम समयमा पिकनिक स्थलहरु खोज्न कठिनाइका कारणले त्यो सहजिकरणका लागि बुकिङ्ग खोल्ने बित्तिकै निम्न मिति र स्थान बूकिंग गर्ने निर्णय भएको छ।
    Tentative Location & Date:
    Morningside Park (w/Shelter) Scarborough.
    Tentative Dates: Try for July 6 (July 13 as an option)

प्रस्ताव # ४, सस्थाको महासचिब (General Secretary) पूर्ण गुरुङ द्वारा महासचिबको जिम्मेवारी बाट अलग भएको औपचारिक निर्णय को जानकारी

  • बिगत दुइ बर्षदेखी महासचिबको जिम्मेवारीमा रहेर काम गरिरहनुभएका सस्थाका महासचिब पूर्ण गुरुङ द्वारा आफ्नो व्यक्तिगत व्यस्तताहरू बढेका कारण महासचिवको जिम्मेवारीबाट अलग भएको औपचारिक जानकारी दिनुभयो। यो कार्यकालमा धेरै सिक्ने अवसर मिलेको त्यसका लागि सम्पूर्ण लाइ धन्यवाद दिदै जिम्मेवारीबाट अलग भएपनि सस्थालाई साथ र सहयोग भने सधै रहिरहने प्रतिबद्धता जनाउनु भएको थियो।
    उहाको निर्णयको प्रतिक्रिया स्वरुप संस्थाको AGM बाट नेतृत्व परिबर्तनको प्रक्रिया शुरुवात गर्नको लागि सुझाब आएको थियो साथै सम्भावित विकल्पका बारेमा वा इच्छुक व्यक्तिहरुको खोजिका लागि सबैलाई आग्रह गरिएको थियो।

अन्तमा,
बैठकमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै बैठकको अध्यक्षता गरीरहनु भएका संस्थाका अध्यक्ष श्री सोम गुरुङ ज्यूबाट बैठक समापन भएको जानकारी गराउनु भएका थियो ।

बैठकमा सहभागि सदस्यहरुको नामावली

1. पंच गुरुङ
2. मिना गुरुङ
3. सुभद्रा गुरुङ
4. अमिता गुरुङ
5. बिर बहादुर गुरुङ
6. यमुना घले
7. डा. हरि गुरुङ
8. बिर काजी गुरुङ
9. हिमा गुरुङ
10. प्रभा गुरुङ
11. राजकुमार गुरुङ
12. आदि याक्थुम्बा तमु
13. दीपक गुरुङ -
14. मनिष गुरुङ
15. चन्द्रा गुरुङ
16. नबराज गुरुङ
17. पुजन गुरुङ
18. यम गुरुङ
19. बिनोद गुरुङ
20. बिक्रम गुरुङ
21. नेत्र गुरुङ
22. लोक गुरुङ
23. सोनाम गुरुङ
24. शिब (CBU)गुरुङ
25. सगुन गुरुङ
26. मन्जु घले
27. बेल गुरुङ
28. मिलन गुरुङ
29. सुजीत गुरुङ
30. लोकमान गुरुङ
31. सोम गुरुङ -I
32. सोम गुरुङ -II
33. पूर्ण गुरुङ
34. सुमित्रा गुरुङ