तमु समर पिकनिक 2024
सम्पूर्णमा धन्यबाद !
आदरणीय तमुमै 🙏 ,
छरिएर रहेका तमु परिवारहरुलाई भावनात्मक रुपले एकतामा जोड्ने पबित्र उदेश्य लिएर मिति जुलाई २०, २०२४ मा तमु धीं क्यानाडाले आयोजना गरेको तमु समर पिकनिक भब्यताको साथ सम्पन्न भएको छ।
तमु धीं क्यानाडाका सस्थापक सल्लाहकार श्रीमती जमुना गुरुङ ज्युको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा धेरै नया बिद्यार्थी भाइ बहिनीहरु, नया तमु परिवार हरुलाइ स्वागत गर्ने अबसर मिल्यो भने जसले विभिन्न तहमा शैक्षिक सफलताहरु हासिल प्राप्त गर्नुभएका थिए ति बिद्यार्थी भाइबहिनीहरुलाई बधाई स्वरुप सम्मान तथा प्रमाण पत्र हस्तान्तरण पनि गरिएको थियोे र यसैगरी क्यानाडा भ्रमणमा आउनुभएका बाबा आमा हरुलाइ पनि स्वागत गर्ने र उहाहरुबाट आशिर्बाद लिने सुबर्ण अवसर पनि जुटेको थियो।
हाम्रो कार्यक्रमहरुमा विभिन्न खेलहरु खेलाएर मनोरंजन मात्रै गरेनौ, ति हाम्रा परम्परागत खेलहरुलाई जोगाउदै हाम्रो साना-साना बालबालिका हरुलाई समेत ति खेलको बारेमा चिनाउने अबसरको सदुपयोग पनि गर्यौ । तमु पिकनिकको इतिहासमा पहिलोपटक चुडका/कउडा पनि गाइएको थियोे र दिदिबहिनीहरु ले नाचेर निकै रमाइलो गर्नु भयो र कार्यक्रम एकदम रोमान्चक रहयो।
अन्तमा, सबैजना स्वयंसेवक साथीहरु जो घाम पानी नभनी खटेर लागिरहनुभयो, आदरणीय सस्थाका सल्लाहकारज्युहरु जसले पर्दा पछाडी रहेर सधै हामीलाई मार्गदर्शन गर्नुहुन्छ अनि सबै भन्दा महत्त्वपूर्ण तपाई सम्पूर्ण उपस्थित प्रिय तमुमै हरु जो आफ्ना हरेक व्यस्तता हरुलाई पन्छाएर कार्यक्रममा सहभागी हुनुभयो यो मिठो साथ र सहयोग को लागि - हजुरहरु सबैलाई एकमुस्टमा धेरै धेरै हार्दिक धन्यवाद ज्ञापन गर्दछौ।
धन्यवाद ,
तमु धीं क्यानाडा